राजनीति

कांग्रेस नेतृ भुसाल गठबन्धनकाे तर्फबाट उपसभामुखमा उमेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट पुष्पा भुसालले संघीय संसद्को प्रतिनिधि सभा उपसभामुख पदमा उमेदवारी दर्ता गराएकी छन् ।
 
बिहीबार संघीय संसद् सचिवालयमा पुगेर कांग्रेस सचेतकसमेत रहेकी भुसालले उमेदवारी दर्ता गराएकी हुन् । भुषालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) लक्ष्मी कुमारी चौधरी रहेकी छन् ।

उम्मेदवारी दर्तापछि बोल्दै भुसालले संसदलाई स्वतन्त्र र थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । संविधान कार्यान्वयनका पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

गाउँ सहर संवाददाता