महिला समूहबाट गार्मेन्ट उद्योग स्थापना
- गाउँ सहर संवाददाता
- २८ असार मंगलबार, २०७९ | १५:२३:०० मा प्रकाशित

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे २ मा महिला समूहले गार्मेन्ट उद्योग स्थापना गरेको छ ।
नगरको गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत तालिम लिएका महिलाहरुले स्थापना गरेको मखमली लघु उद्यमी समूहको गार्मेन्ट उद्योगको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन् गरे । उनले नगरले तालिम प्रदान गरेका महिलाहरु दक्ष भएर उद्यमी बन्नका लागि यसप्रकारको उद्योग स्थापना भएकोमा खुसी व्यक्त गर्दै नगरले यसप्रकारको कामका लागि सधैं साथ र सहयोग प्रदान गर्ने बताए ।
कार्यक्रममा, पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आफू उपप्रमुख भएको समयमा थालिएको तालिमले आज यसप्रकारको सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै आफूले सधैं महिलाहरु सक्षम बन्ने काममा सहकार्य गरिरहने जनाइन् ।
सो अवसरमा २ नम्बर वडाध्यक्ष नैना राई सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
लघु उद्यमी निर्माणका लागि यस अघि तालिम लिएकामध्ये १४ जनाले गार्मेन्ट उद्योग स्थापना गरेका हुन् । केही रकम जग्मा गरेर कपडा खरिद गरी नगरले तालिमका अवसरमा यसअघि प्रदान गरेको मेसिनबाट त्यसलाई सिलाउने काममा उनीहरु खटिएका छन् । उनीहरुका लागि पुन २ वटा इलेक्ट्रोनिक मेसिन र १ थान इन्टरलक मेसिन प्रदान गरिएको लघु उद्यम कार्यक्रमकी बरिष्ठ लघु उद्योग सहजकर्ता सपना कार्कीले बताइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अघि बढेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस