धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले २५ हजार जरिवाना
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | १९:०४:०० मा प्रकाशित

काठमाडौं । राजधानीको रातोपुल क्षेत्रमा धोबीखोलामा डोजर लगाएर फोहोर फाल्ने प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
सामाजिक सञ्जालमा डोजरले धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको भाइरल भइरहेको थियो। सोपछि काठमाडौं महानगरपालिकाले तथ्य अध्ययन र छानविन गरेपछि उक्त कार्यमा संलग्न कम्पनीलाई नियमअनुसार २५ हजार रुपैयाँ जरिवाना भएको महानगरले जनाएको छ। जरिवाना गरेको रकम कम्पनीबाट महानगरले अशुल समेत गरिसकेको छ।
साथै, महानगरले यस्ता कुनै पनि गतिविधिहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन आवश्यक रहेको बताएको छ। यसैगरी महानगरले यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिने जनातालाई धन्यवाद समेत व्यक्त गरेको छ।
आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन पनि नगरबासीलाई महानगरले अनुरोध गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस