एनआईसी एशिया बैंकद्वारा ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १६:४६:०० मा प्रकाशित
काठमाडौँ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत रकम भुक्तानी गरेको छ । बैंकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको हो ।
बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा खाता खोलेका सञ्जित तामाङलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको हो । उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार १३७ जना भन्दा बढी ग्राहकहरूले सेवा लिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
प्रतिकृया दिनुहोस