काठमाडौं उपत्यकामा हैजाका बिरामी दिनहुँ थपिँदै, खानेकुरामा ध्यान दिन अनुराेध
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १२:५१:०० मा प्रकाशित
काठमाडौ । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको छ । असार २ गतेदेखि देखिएको हैजा संक्रमण बिहीबारसम्म आइपुग्दा २६ जनामा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी क्षेत्र हैजाको रेड जोनमा रहेको छ । नगरपालिकाको वडा नम्बर ४,६, ७ र ९ मा गरी ८ जनामा हैजा संक्रमण देखिएको छ । त्यस्तै, काठमाडौं महानगरभित्र ११ जना, चन्द्रागिरी नगरापालिकामा २, कीर्तिपुरमा १ र बूढानीलकण्ठमा १ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिकामा १ र ललितपुर महानगरपालिकामा २ जनासहित उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको महाशाखाले जनाएको छ । हैजा संक्रमणबाट बच्न उमालेर मात्रै पानी पिउन तथा खानेकुरा र सरसफाइमा विशेष ध्यान दिन महाशाखाको अनुरोध छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस