पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या, प्रदेश–१ मा मात्रै ११२
- गाउँ सहर संवाददाता
- २३ असार बिहीबार, २०७९ | ११:१५:०० मा प्रकाशित

काठमाडाैँ । पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हत्याका घटना प्रदेश १ मा सबैभन्दा धेरै भएको छ । पछिल्लो ११ महिनामा प्रदेश–१ मा ११२ वटा हत्याका घटना भएका छन् । मधेश प्रदेशमा १०४ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । काठमाडौँ उपत्यकामा ४२ जनाको हत्या भएको छ ।
लुम्बिनी प्रदेशमा ९८ वटा हत्याको घटना भएको प्रहरी प्रवक्ता ९एसएसपी० विष्णु केसीले रातोपाटीलाई बताए । बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदूरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ ।
हत्यामा संलग्न आरोपीमध्ये अधिकांश कानुनी दायरमा आएकाे प्रहरीले बताएकाे छ ।
सो अवधिमा ९ सय ६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् । साउन यता १५ सय २२ वटा फुटकर ज्यान सम्बन्धी घटना भएका छन् । बेवारिसे अवस्थामा भेटिएका र पहिचान नखुलेका घटनालाई प्रहरीले फुटकर ज्यान सम्बन्धी घटना भन्ने गरेको छ ।
११ महिनामा प्रहरीले गर्भ संरक्षण विरुद्ध कसुर गर्ने ३३ जनालाई मुद्दा चलाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस