रामेछाप बस दुर्घटना अपडेटः मृतककाे संख्या १३ पुग्याे
- गाउँ सहर संवाददाता
- २१ असार मंगलबार, २०७९ | १४:०८:०० मा प्रकाशित

काठमाडाैँ । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।
उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको उनले जानकारी दिए ।
२० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस