आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक सँग अतिरिक्त रु. ३०० छुट
- गाउँ सहर संवाददाता
- ८ असार बुधबार, २०७९ | १८:२९:०० मा प्रकाशित

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आइएमई पे” ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ ।
“उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ ।
साधारणतया अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधिभरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने यस कम्पनीले प्रष्टाएको छ । असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस