कला

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरिन्

काठडमाडौँ । मिस नेपाल २०२२ को उपाधि प्रियन्का रानी जोशीले हात पारेकी छन् ।

ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल २०२२ को फिनालेमा जोशीले विजेता बन्दै ताज पहिरिएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन ।

मिस नेपाल प्रतियोगिताको फिनालेमा २० जना पुगेका थिए ।

मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

गाउँ सहर संवाददाता