गाउँ सहर

बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र र उत्पादन १.१ प्रतिशतले घट्याे

काठमाडाैँ । प्रादेशिक आर्थिक गतिविधि अध्ययन (बागमती प्रदेश) अर्ध-वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) बागमती प्रदेशका १३ वटा जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा सूचनाको आधारमा तयार गरिएको आर्थिक वर्ष २०७८/७९ को अर्ध–वार्षिक अध्ययन भन्छ- भू-क्षेत्र र उत्पादन घट्याे ।

प्रतिवेदननुसार, समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र र उत्पादन १.१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा यस प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४५.५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४८.९१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा यस प्रदेशमा पर्यटन क्षेत्रमा केही सुधार आएको देखिन्छ । अन्तर्राष्ट्रिय एवम् आन्तरिक पर्यटनमा कोभिड–१९ संक्रमणको प्रभाव कम भएसँगै सकारात्मक प्रभावका कारण पर्यटक आगमनको संख्या बढेको छ ।

प्रादेशिक आर्थिक गतिविधि अध्ययन

गाउँ सहर संवाददाता