नेप्से १९९६ विन्दुमा झर्याे, शेयरबजार निरन्तर घट्दा तनावमा लगानीकर्ता
- गाउँ सहर संवाददाता
- ३१ जेठ मंगलबार, २०७९ | १६:०८:०० मा प्रकाशित

काठमाडाैं । शेयरबजार निरन्तर ओरालो झर्न थालेपछि लगानीकर्ताहरू तनावमा परेका छन् । यतिबेला शेयर किन्ने लगानीकर्ता कम भएको र नोक्सानी नै व्यहोरेर भएपनि बिक्री गर्नेको चाप बढेको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३६.०७ अंक घटेर १९९६.२६ विन्दुमा झरेको छ । नेप्से परिसूचक डेढ वर्षपछि २ हजार विन्दुभन्दा तल झरेको छ ।
३२ सय विन्दुसम्म पुगेको नेप्से पछिल्लो समय निरन्तर गिरावट हुँदा दुई हजार विन्दु भन्दा तल झरेको हो । नौं महिनाकै न्युन विन्दुमा नेप्से झरेको छ ।
यस दिन २३२ कम्पनीकाे ३१ हजार ८०६ पटकको कारोबारमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । याे अघिल्लो कारोबार दिनभन्दा बढि हाे ।
यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा बढि बढेको छ । त्यसैगरी, एनएमबि ५० को इकाई मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।
यसदिन हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक घटेकाे छ भने बलेफी हाइड्रोपावर, सगरमाथा इन्स्योरेन्स, ग्रीन भेञ्चर लिमिटेड लगायतकाे शेयरमूल्य धेरै तल झरेको छ ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल क्रेडिट एण्ड कमर्श, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस