पछिल्लो दश महिनामा भित्रियो ८ खर्ब ११ अर्ब, व्यापार घाटा १४ खर्ब ३१ अर्ब
- गाउँ सहर संवाददाता
- २७ जेठ शुक्रबार, २०७९ | १६:१६:०० मा प्रकाशित

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्ष ०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रिने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आथिक वर्ष ०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।
वैशाख महिनामा मात्रै भने ८७ अर्ब ९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । चैतमा ९३ अर्ब ५५ करोड रेमिट्यानस आएकोमा वैशाखमा भने साढे ६ अर्बले रेमिट्यान्स घटेको छ ।
फागुनमा पनि ९१ अर्ब ७ करोड रुपैयाँ रेमिटयन प्राप्त भएको थियो । वैशाखमा पछिल्लो ३ महिना यताकै कम रेमिट्यान्स प्राप्त भएको हो ।
गत आर्थिक वर्षको यही अवधिमा भने रेमिट्यान्स १९.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा पनि रेमिट्न्य बढेको देखिएको हो । अमेरीकी डरलमा भने वैशाखसम्ममा रेमिट्यान्स विप्रेषण १.६ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएसँगै रेमिट्यान्स पनि बढेको हो । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकिकरण) लिने नेपालीको संख्या २ लाख ७८ हजार २९८ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४६६ पुगेको छ ।
व्यापार घाटा १४ खर्ब ३१ अर्ब
चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुगेको छ ।
कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ।
अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।
उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।
भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।
समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ ।
सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस