बढेन शेयरबजार, शुक्रबारपनि दाेहाेराे अंककाे गिरावट, काराेबार रकम एक अर्बभन्दा कम
- गाउँ सहर संवाददाता
- २७ जेठ शुक्रबार, २०७९ | १५:३०:०० मा प्रकाशित

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको हो ।
साताकाे अन्तिम काराेबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ बिन्दुमा पुगेको हो । आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज एक अर्बभन्दा कम अर्थात ८९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बिहीबार नेप्सेमा एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज ३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा ग्रीन भेञ्चर लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । ग्रीन भेञ्चर लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनलिभर नेवपाल कम्पनीका लगानीकर्ता छन् ।
आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ५ करोड ५ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस