ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० गते
- गाउँ सहर संवाददाता
- २७ जेठ शुक्रबार, २०७९ | ०९:१९:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ २९ र ३० गते काठमाडौंमा हुने भएको छ ।
ट्रेड युनियन कांग्रेसको बिहीबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २९ र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने जानकारी दिए ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन अर्थात् जेठ २९ गते उद्घाटनसत्रमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका नेता डा शेखर कोइराला, गृहमन्त्री बालकृष्ण खाणलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको पहिलो दिन नै योगदानमा आधारित सामाजिक सुरक्षाबारे विषयगत सम्मेलन र श्रमिकको कार्यलयस्थलमा हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी आइएलओ महासन्धि, १९० बारे विषयगत सम्मेलन हुने कार्यक्रम रहेको छ ।
सम्मेलनको दोस्रो दिन बन्दसत्रको कार्यक्रम रहेको छ । बन्दसत्रमा बढ्दो महँगीका कारण श्रमिकमा परेको प्रभाव, नेपाल ट्रेड युनियन कांग्रेसको विधान संशोधनलगायतको बारेमा छलफल हुने प्रचारप्रसार समितिका संयोजक राईले बताउनुभयो । यस्तै, सम्मेलनले श्रमिकका जल्दोबल्दो वर्तमान समस्यालाई समाधान गर्ने बताइएको छ ।
ट्रेड युनियन कांग्रेसको विधानमा राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपर्ने प्रावधान भएपनि कोरोना महामारीका कारण उक्त सम्मेलन महाधिवेशन सम्पन्न भएको चार वर्षपछि हुन लागेको हो । महाधिवेशन हरेक चार वर्षमा हुने विधानमा उल्लेख छ ।
उक्त सम्मेलनले महाधिवेशनको नयाँ मिति तोक्ने कार्यक्रमसमेत रहेको उपाध्यक्ष राईले बताउनुभयो । ट्रेड युनियन कांग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ वटा श्रमिक सङ्घ, सङ्गठन आबद्ध रहेका छन् भने चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस