जिल्ला समन्वय समिति रामेछापमा कांग्रेस र माओवादीबीच तालमेल
- गाउँ सहर संवाददाता
- २६ जेठ बिहीबार, २०७९ | २०:१८:०० मा प्रकाशित

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ ।
आइतबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि बिहीबार दुई दलले संयुक्त रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।
कांग्रेस र माओवादीबीचको सहमति अनुसार प्रमुखसहित ४ पदमा कांग्रेसले र उपप्रमुखसहित ५ पदमा माओवादी केन्द्रले लिने सहमति भएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव दीपक खड्काका अनुसार दुबै पार्टी मिलेर जाने केन्द्रको निर्णय अनुसार जिल्लामा पनि सहमति खोजिएको बताए ।
दुई पार्टीको तालमेलपछि गठबन्धनका उम्मेदवार विजयी हुने निश्चितप्राय: छ । गठवन्धनको पक्षमा नेपाली कांग्रेसकाे ७ र माओवादीकाे ३ गरि १० मत छ भने एमालेको पक्षमा ६ मत रहेको छ । दुई दलको सहमति अनुसार प्रमुखमा कांग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केन्द्रका प्रेमबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
यस्तै एमालेले पनि गठवन्धन विरुद्ध आफ्नो उम्मेदवारी दिएकाे छ । प्रमुखमा तुलाप्रसाद कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका आठ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरि १६ जनाले जिल्ला समन्व्य समितिको ९ पदका लागि मतदान गर्ने छन् ।
गठबन्धन दलका उम्मेद्वार
१) प्रमुख - चिना खड्का कार्की (नेपाली कांग्रेस)
२) उप-प्रमुख - प्रेमबहादुर थापा ( माओवादी केन्द्र)
३) सदस्य - बाबुलाल याेन्जन ( नेपाली कांग्रेस)
४) सदस्य - अनिषा माझी (नेपाली कांग्रेस)
५) सदस्य - बीरबहादुर कार्की (नेपाली कांग्रेस)
६) सदस्य - हीराकुमारी गिरी (माओवादी केन्द्र)
७) सदस्य - डम्बरकुमारी रसाइली (माओवादी केन्द्र)
८) सदस्य - बिन्दा सार्की ( माओवादी केन्द्र)
९) सदस्य - बिक्रम थापामगर ( माओवादी केन्द्र)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस