बुधरबार बढेकाे शेयरबजार एकदिन पनि टिकेन, नेप्से र काराेबार रकम दुवै घट्याे
- गाउँ सहर संवाददाता
- २६ जेठ बिहीबार, २०७९ | १५:३५:०० मा प्रकाशित

काठमाडौं । बुधबार उच्च अंकको वृद्धि भएकाे नेप्से एक दिन पनि टिकेन । पछिल्लो ८ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार २.९८ प्रतिशत अर्थात ६०.२२ अंक बढेर २०८०.४४ विन्दुमा पुगेको थियाे ।
तर भाेलीपल्टै आज बिहीबार दोहोरो अंकले घटेको छ ।
यसदिन नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ बिन्दुमा पुगेको हो ।
आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
त्यस्तै, आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयरमुल्य घटेको छ ।
आज दुई कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज समित लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
यसदिन कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस