ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन अनुमति
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १९:५५:०० मा प्रकाशित

भक्तपुर । भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ ।
मिति २०७८ फागुन १ गतेदेखि लागू हुने गरी ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले १ वर्षको लागि १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गरेको हो । उक्त प्रमाणपत्र भक्तपुर नगरपालिकाले २०७९ जेठ २३ गते प्राप्त गरेको हो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले आफ्नै १०० शैय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको हुँदा भक्तपुर नपाले २५ शैय्याको ख्वप अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न लामो समयदेखि प्रयासरत रहेको र हालै ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको बताए । १०० शैय्याको क्षमतामा ख्वप अस्पताल सञ्चालन भएसँगै अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाइँदै लगिने बताउँदै उनले नर्सिङ शिक्षा सञ्चालन हुने भएसँगै विद्यार्थीहरुमा उत्साह थपिएको बताए ।
ख्वप अस्पतालले हाल दैनिक ६०० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएकोमा जनताले थप सेवाको आशा गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ख्वप अस्पताललाई १०० शैयामा स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । प्रदेश सरकारको तर्फबाट अनुमति प्राप्त हुनुलाई नेमकिपाको निर्वाचन घोषणापत्र कार्यान्वयनको रुपमा लिइएको छ ।
यसअघि मिति २०७९ वैशाख ८ गते ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाई भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस