कला

लघुकथा : जनताको आशा

बुद्धिमान असल, इमान्दार र परिश्रमी थिए। उनको त्यो व्यवहारले सबैको मन जित्यो र स्थानीय तहको निर्वाचनमा भारि मतले सफलता हाँसिल गरे। युवा नेता हुन्। अब जनताले साँच्चै परिवर्तन चाहेका छन् भन्नेकुरा उनले प्राप्त गरेको मतबाटै छर्लङ्ग हुन्थ्यो। त्यसैले बुद्धिमानले नगरबासीका लागि राम्रो काम गर्छन् र नगरमा विकासले फड्को मार्छ भनेर नगरबासी विश्वस्त थिए।

बुद्धिमानले पहिलो वैठकमा नै किसानको साझा समस्या समाधानार्थ रासायनिक मल सम्पूर्ण नगरबासीलाई एक हप्ता भित्र उपलब्ध गराउने निर्णय गरेर कृषि क्षेत्रको साझा समस्यालाई सम्बोधन गरे। मलको अभावमा पहेँलिएका मकै र धानले नयाँ जीवन पाउने भए र आफ्नो पनि पेट पुजा हुने भएकाले नगरबासी सबै कृषकले उनको पहिलो निर्णयको खुलेर प्रशंसा गरे ।

निर्णय भएको सातौँ दिन सबेरैको पत्रिकामा ठूला अक्षरमा लेखिएर आयो "नगर प्रमुखको खातामा पन्ध्र लाख रूपैयाँ हालिदिन नमाने पछि नाकामा आइपुगेको रासायनिक मल अलपत्रमा परेको छ।"

नमोबुद्ध नपा वडा नं ८ काभ्रेपलाञ्चोक, हाल कमलविनायक भक्तपुर।

तपाईँको मत