गाउँ सहर

वालेनले भूपु प्रधानमन्त्री र प्रधानमन्त्रीलाई भेटेपछि भने - ‘स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदामात्रै रहँदैन’

काठमाडौँ । पछिल्लो समय काठमाडौँका मेयर वालेन्द्र शाह अर्थात वालेन, खुब चर्चामा छन् । महानगरको पहिलो बैठकबाट त झनै ।

यहिबीचमा उनले भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

यो खबरले जताततै चर्चा पाइरहँदा ट्विट गरेर उनले मनको कुरा सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदामात्रै रहँदैन । कुनैपनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ र सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ भनेका छन् ।

गाउँ सहर संवाददाता