दुर्लङ्ग चोकका स्थानीयले बुझायो वार्ड अध्यक्ष पूरीलाई ध्यानाकर्षण पत्र
- गाउँ सहर संवाददाता
- १३ जेठ शुक्रबार, २०७९ | १६:३८:०० मा प्रकाशित
कुस्मा। बारम्बार सड़क दुर्घटना भएका कारण यसको निवारण र जोखिम नहुन दिन दुर्लङ्ग चोकका स्थानीयले आज कुस्मा नगरपालिका ७ का वार्ड अध्यक्ष परशुराम पूरीलाई उहाकै कार्य कक्षमा ध्यानाकर्षण गरेका छन्।
टीकाराम गिरीको नेतत्वको टीमले बुझाएको पत्रमा बारम्बार दुर्घटना जोखिम भएकोले उक्त चोकमा ज़ेब्रा क्रस वा आकासे पुलको आवश्यकता रहेको, यात्रुहरु अलपत्र भएका कारण प्रतीक्षालय, नाली सुधार गर्नु पर्ने, अनावश्यक सामग्रीहरु सड़क किनारमा राख्न नहुने माग राखिएको छ।
जथाभावी रुपमा सवारीसाधन चलाइदिने, चालकको लापरबाही, सड़कमा जथाभाबी पार्किङ्ग गर्ने, सड़कमा सचेतना मूलक ट्राफिक संकेत र सुरक्षाका उपकरण राख्न सक्नु पर्ने माग पनि रहेको गिरीले बताए।
जथाभावी सवारी पार्किङ गर्ने, सड़क अतिक्रमण रोक्नु पर्ने र यसको अनुगमन गर्नु पर्ने साथै सडक सुरक्षाका लागि लिइने पाँच पिलर सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक आवागमन, सुरक्षित सवारी, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पछिको सेवासमेत कमजोर देखिएकाले दुर्घटना बढ्ने भएकाले विशेष जोड़ दिनु पर्ने स्थानीय सचिन्द्र श्रेष्ठको भनाई छ।
ध्यानाकर्षण पत्र बुझ्दै वार्ड अध्यक्ष परशुराम पूरीले छिट्टै नै यसको समाधन गर्ने, नाली सफा तुरुन्त गर्ने साथै सड़क व्यस्थापनलाई मजबूत गर्न ट्राफिक कार्यालयसँग सम्पर्क गर्ने आश्वासन दिए।
यस्तो छ ध्यानाकर्षण पत्र

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस