रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैद नै सदर, सजाय घटाउने फैसला उल्टियो
- गाउँ सहर संवाददाता
- १२ जेठ बिहीबार, २०७९ | १८:२२:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले श्रीमती हत्या आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला बदर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेबजबहादुर केसीको इजलासले कोइरालालाई तत्कालीन उच्च अदालत पाटनबाट भएको सर्वश्वसहित जन्मकैदको सजाय ११ वर्ष घटाइदिएको थियो ।
बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
न्यायाधीशहरु दीपककुमार कार्की, टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले सजाय घटाउने आदेशलाई बदर गरेको हो । प्रधानन्यायाधीश राणाले ‘चित्तमा परेको’ भन्दै साविक मुलुकी ऐनको अ.ब. १८८ र कसुर तथा सजाय निर्धारण ऐन २०७४ को दफा १७ ‘क’लाई प्रयोग गरेर कोइरालाको सजाय अस्वभाविक रुपमा घटाइदिएका थिए ।
कोइरालाको सजाय घटाउने क्रममा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले अभियुक्तलाई गरिएको २० वर्षको कैद सजाय चर्को पर्न जाने चित्तमा लागेको भन्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने गरी सजाय घटाएका थिए ।
त्यसविरुद्ध अदालतमा पुनरावलोकनको निवेदन परेपछि सर्वोच्चले पुनरावलोकनको निस्सा दिएको थियो । उक्त रिटमाथि बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले सजाय घटाउने सर्वोच्च अदालतको फैसला उल्टी गर्दै उच्च अदालतकै फैसला सदर गरेको हो । अब उनी २० वर्ष नै जेलमा बस्नुपर्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस