यस्ताे छ रामेछापकाे गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिकाे पहिलो निर्णय
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | २२:३७:०० मा प्रकाशित
रामेछाप । रामेछापकाे गोकुलगंगा गाउँपालिकाले पालिका भरिका गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र वडा नं १ देखि वडा नं ६ सम्मका जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेकाे छ ।
नवनिर्वाचित अध्यक्ष काजीबहादुर खड्का (दिनेश) उपाध्यक्ष उषादेवी कार्कीकाे पदबहालीकाे क्रममा अध्यक्ष खड्काले उक्त दुई निर्णय गर्दै आफ्नो कार्यभार सम्हालेका हुन् ।
अध्यक्ष खड्काले गोकुलगंगा गाउँपालिका भित्रका गर्भवती महिलाहरुले आर्थिक अभावको कारण उचित स्वास्थ्य सेवा प्राप्त गर्नको लागि अस्पतालसम्म पुग्न नसकी अकालमा ज्यान गुमाउनु परेको घट्नाहरु धेरै भएकाले त्यस्ता महिलाहरुलाई सहयोग पु¥याउने उद्देश्यले पहिलो निर्णय गरेर कार्यभार सम्हालेका हुन् । गाउँपालिका मातहात रहेका एम्बुलेन्स मार्फत स्वास्थ्य संस्था सम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने निर्णयमा उल्लेख छ ।
त्यस्तै गाउँपालिकामा रहेका सम्पूर्ण जेष्ठ नागरिकहरु प्रेरणाका श्रोतहरु भएकाले उहाँहरुलाई राज्यले सम्मान गर्नुपर्ने कुरालाई ध्यानमा राख्दै पालिकाभरीका जेष्ठ नागरिकलाई उचित सम्मान गर्ने अर्को निर्णय पनि गरेकाे अध्यक्ष खड्काले बताए ।
नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष खड्काले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै गोकुलगंगाबासीको आवश्यकतालाई मुख्य केन्द्रमा राखेर फास्ट ट्रयाकबाट काम सुरु गरिने धारणा व्यक्त गरेका छन् । अध्यक्ष खड्काले पाँच वर्षको कार्यकालमा सबैको सुझाव लिएर पालिकावासीको आवश्यकतालाई पहिचान गरेर आफ्नो टिम अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै उपाध्यक्ष कार्कीले पनि आफू विधि र पद्धतीमा रहेर सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।
आफ्नो कार्यकालमा नागरिकको आवश्यकता अनुसार नागरिक मैत्री सेवा दिने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस