सरकारी विद्यालयका शिक्षकको पोशाक परिवर्तन
- गाउँ सहर संवाददाता
- ७ जेठ शनिबार, २०७९ | ०७:१०:०० मा प्रकाशित

काठमाडौं । सरकारी विद्यालयका शिक्षकको पोशाक परिवर्तन भएको छ। शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई र सबै स्थानीय तहलाई पत्र लेख्दै पोशाक परिवर्तन भएको जानकारी गराएको हो।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गर्ने सन्दर्भमा नेपाल शिक्षक महासंघबाट अनुरोध भएर आएको भन्दै केन्द्रले यो पत्र पठाएको हो।
“तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउनुहुन अनुरोध छ,” केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले सार्वजनिक गरेको पत्रमा भनिएको छ।
गाढा खैरो रङको सुट (कोट, पेन्ट्स) महिला\पुरुष शिक्षक कर्मचारीले लगाउनुपर्ने छ भने हल्का निलो रङको शर्ट (कमिज), मौसम अनुसार गाढा खैरो रङको ज्याकेट, कलेजी स्वेटर र कालो जुत्ता पोशाकको रुपमा लगाउनुपर्नेछ।
साडी, ब्लाउज, कुर्ता सुरुवालमा (चाप्पल) परिवर्तन गरिएको छैन भने शैक्षिक पोशाकको नमुना नेपाल शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने पत्रमा उल्लेख छ।
पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्नसकिने व्यहोरा पत्रमा उल्लेख गरिएको छ। साडी, ब्लाउज, कुर्ता सुरुवाल परिवर्तन नगरिएको पत्रमा प्रष्ट पारिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस