वातावरण

केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । आज २०७९ जेठ ३ गते (मंगलबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशका  केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता