हिमाल, पहाड र तराई–मधेसका अधिकांश स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १९:०५:०० मा प्रकाशित

काठमाडौँ। शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। काठमाडौं उपत्यकासहित हिमाल, पहाड र तराई–मधेसका अधिकांश स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो।
निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले निर्वाचनलाई अति उत्साहजनक भन्न सकिने अवस्था नभएको बताए। यो निर्वाचनलाई सामान्यरूपमा नै लिएको बताए।
आयुक्त पौडेलले भने, ‘‘कतिपय स्थानमा सुरक्षाको कमी भएको अनुभव गरिएको छ, २०७४ सालको निर्वाचनमा यस्तो अवस्था आएको थिएन। विभिन्न स्थानमा मतदान अवरुद्ध भएको छ, आयोगलाई २.३० बजेसम्म प्राप्त विवरणमा ३९ स्थानमा मतदान रोकिएको छ, कतिपय ठाउँमा पुनः सुरु भएको पनि हुनसक्छ।’’
वि.सं. २०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो। आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा २:३० बजेसम्मको विवरणमा जम्मा ३९ स्थानमा मतदान स्थगित भएको छ। आयुक्त पौडेलका अनुसार, आयोगले बिहान ७ देखि ५ बजेसम्म मतदानको अवधि तोकिए पनि ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले आज ८-९ बजेसम्म पनि मतदान गर्नेछन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस