कला

“मुखमा बुझो”

लघुकथा :

पालिका भित्र अवस्थित सबैका घरघरमा कदेखि जसम्म दलका उम्मेदवारहरू हरेक दिन भोट माग्न आउँदा हजुरबुबाले भन्नुभयो, "हुन्छ किन नहुनु हामी तपाईंहरूलाई नै भोट हाल्छौँ, तपाईँहरुले गाउँमा क्याम्पस बनाउनुभयो, शिक्षाको दियो जगाउनुभयो, अस्पताल बनाउनुभयो, त्यतिमात्र कहाँ हो र हजुर, तुइनको ठाउँमा पुल बनाएर धेरैको ज्यान जोगाउनुभयो।"

उनीहरू भन्ने गर्थे, "थोरै प्रयास गरेको बा ती सबै काम बिस्तारै हुन्छ ! यसपाली हामीलाई भोट दिनुस् अवश्य गरेर देखाउँछौँ।"

उत्तरमा हजुरबुबा भन्नुहुन्थ्यो, "हुन्छ बाबु हुन्छ। तपाईंहरूलाई नै हो भोट। त्यही तपाईंहरूलाई जिताएर त हामी यति माथि पुगेका हौँ।" नत्र त कहाँ गाउँमा यति धेरै अग्ला घर बन्थे होला र!"

उनीहरू फेरि भन्थे, "अब हाम्रो होइन जनताको घर अग्ला बन्छन् बा, यो कुरा हाम्रो प्रतिबद्धता पत्रमा नै छ। तपाईंले टोलका सबैलाई भन्दिनुस् है?"

"तपाईँहरू स्वयम् आउनुभएको छ भन्नुहोस्" भन्दै हजुरबुबा हरेक दलसँग रूष्ट हुनुहुन्थ्यो। वल्लोपल्लो घरकालाई पनि "भोट हालेर के हुन्छ र उनीहरूलाई मोटाउन किन भोट हाल्नु" भन्नुहुन्थ्यो।

मौन अवधि सुरू भएपछि गाउँमा दिउँसो समूह समूहमा भोट माग्न आउँदा बज्ने गीत, नारा,जुलुस सबै बन्द भयो। भोट हाल्न एकदिन बाँकी थियो। बेलुका 'घ' दलका एक व्यक्ति आएर हजुरबुबालाई छुट्टै कोठामा लगेर खै के भने कुन्नी। हजुरबुबा त रातारात गाउँमा सबैको घरघरमा पो पुग्नुभयो। सबैको विरोध गर्दै हिँड्ने हजुरबुबाको मुखमा तिनले के को बुझो लगाइदिए हामी छक्क पर्यौँ।

नमोबुद्ध नपा वडा नं ८ हाल: कमलविनायक भक्तपुर

Ramesh Neupane लेख्नुहुन्छ २९ बैशाख, २०७९ ६:४१ pm

बुढा बिकेछन् बरा

Salikram Lamichhane लेख्नुहुन्छ २९ बैशाख, २०७९ ६:४० pm

माैन हाेइन याे नाेट अवधि हाे ।

नम्रता रेग्मी लेख्नुहुन्छ २९ बैशाख, २०७९ ६:३९ pm

कुराे बुझ्न पर्च

Keshav Sandai लेख्नुहुन्छ २९ बैशाख, २०७९ ६:३९ pm

सबैको विरोध गर्दै हिँड्ने हजुरबुबाको मुखमा तिनले के को बुझो लगाइदिए हामी छक्क पर्यौँ।

Yubaraj Shrestha लेख्नुहुन्छ २९ बैशाख, २०७९ ६:३८ pm

समय सापेक्ष टुच्च....

तपाईँको मत