वातावरण

बिहीवार केहि स्थानमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षा

काठमाडाैँ। आज २०७९ वैशाख २९ गते (बिहीवार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसाे प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत