रामारोशन अछाममा विपन्न समुदायका बालबालिका लागि पुस्तक वितरण
- गाउँ सहर संवाददाता
- २८ बैशाख बुधबार, २०७९ | ०८:४६:०० मा प्रकाशित
अछाम । सरस्वती सामाजिक समाज कार्य एक नेपालको विपन्न समुदायमा बसोवास गर्ने बालबालिकाहरुको लागि हाम्रो अधिकार, पहिचान, समस्या, समधानका लागि खोलिएको छाता संस्था हो । यस संस्थाले रामारोशन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय रामारोशन ०५ अछाममा सरस्वती सामाजिक समाज कार्यको आयोजनामा र डाउन सिन्ड्रोम समाज नेपालको सहयोगमा विपन्न समुदायका बालबालिका लागि पुस्तक वितरण कार्यक्रमको आयोजना गरेकाे छ ।
रामारोशन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय रामारोशन ०५ का वडा अध्यक्ष लक्ष्मण परिवार र यस सरस्वती सामाजिक समाज कार्य संस्थाका अध्यक्ष तिलक बहादुर बटालाको अध्यक्षतामा कार्यक्रममा सुरु भएकाे थियाे । कार्यक्रममा सहभागी भएका विपन्न समुदायका बालबालिका र अविभावक र रामारोशन गाउँपालिका कार्यरत कर्मचारी नरेन्द्र बुढा, भूपेन्द्र बुढा, सम्शेर बोहरा र स्वास्थ्य चौकीकी स्वयंसेविका निर्मला विक, रमेश बुढा र प्रविन रोकायाको सहभागीता रहेको थियाे ।
नेपालमा जतिपनि विपन्न वर्गमा मानिसहरू बसोवास गर्छन् जसमा शिक्षा क्षेत्रमा पहुँच नपुगेका बालबालिकाहरु मध्ये उनीपनि एक निकट भविष्यमा उभिएका बालबालिका हुन् । यस कार्यक्रमबाट आमा बुवा नभएका बालबालिकाका र एकल परिवार, अति विपन्न समुदायका बालबालिकाको हकमा १३ जना बालबालिालाई पुस्तक वितरण गरिएकाे थियाे । यस्ता कार्यक्रमले बालबालिकाको शिक्षाको आधार खडा गर्ने आयोजकले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस