गाउँ सहर

बैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौँमा बैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन राेक लगाएकाे हाे ।

वैशाख ३० मा स्थानीय तहको निर्वाचनको दिन हाे ।

प्रशासन कार्यालयले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाएको जनाएको छ ।

सूचनाः

गाउँ सहर संवाददाता