सुरक्षित सहर नै सुदृढ जीवनस्तरको आधार - सिर्जना सिंहकाे ७ ‘स’ काे संकल्प
- गाउँ सहर संवाददाता
- २५ बैशाख आइतबार, २०७९ | १३:५७:०० मा प्रकाशित

काठमाडौँ । हुन त देशैभर विभिन्न दलहरूले महिला प्रतिनिधित्व उच्च पदमा बढाएका छन् । तर चर्चा छ त केहि महानगरको । त्यसमा पनि काठमाडौँ राजधानीमा नेपाली कांग्रेसकी मेयर सिर्जना सिंह ।
विभिन्न दलहरूले आफैँले जित्ने दावी गरिरहँदा ओझेलमा रहेकी भनिएकी सिंहको मत घरदैलोमा केन्द्रित बनेको छ । यसले यसपटक राजधानी नगरमा महिला प्रतिनिधित्वले कब्जा गर्नेमा विश्लेषकहरूले आंकलन गरिरहेका छन् ।
उनीसंग उठेका एमालेका केशव स्थापित विभिन्न काण्डसँग मुछिएको मात्र नभई हचुवाको भरमा आफ्नैको खिल्ली उडाउँदै हिँडेका छन् । उत अर्का दावेदार राप्रपाका मदनदास श्रेष्ठ मज्जाले लागेको देखिन्छ । उनी आफ्ना प्रतिबद्धतापत्रसहित मत माग्न मतदाताको घरदैलोमा व्यस्त छन् । र अर्कोतिर चर्चा छ त केवल बालेनको ।
बालेन शाह भारतबाट इन्जिनियरिङ पढाइ सकाएका बालेन आफू मेयरमा निर्वाचित भए काठमाडौंको जाम, प्रदूषणको समस्या हल गर्ने बताउँछन् । उनले मेट्रो रेलसम्मको योजना आफ्नो एजेन्डामा रहेको बताएका छन् भने उनकाे चुनावी र्याली र क्रेज थामिनसक्नु छ ।
एमालेको प्रतिनिधित्व गर्ने मेयरका उम्मेदवार स्थापित स्वतः गेम ओभर भन्दै जथाभावी बोल्नाले उनको मत उनले र उनको पार्टीले सोचेजस्तो आउनसक्ने देखिँदैन । बालेनले राम्रै मत ल्याउन सक्ने राजनीतिक पण्डितहरूको अनुमान छ । तर अर्कोतिर काठमाडौँका जनताले जहिलेपनि नयाँलाई स्थान दिएको कारण कसैले दम्भ देखाउनु नहुने स्थानीयको भनाइ छ ।
अर्काेतिर सिर्जना सिंहकाे कुरा गर्ने हाे भने कांग्रेस सर्वाेच्च नेता गणेशमान सिंहकी बुहारी, प्रकाशमान सिंहकी पत्नी भएकी कारण उनले टिकट पाएकाे चर्चा गरे । तर धरातललाई विर्सनु हुँदैन । सिंहले २०३७ सालको जनमतसंग्रहकै बेला केवल सोर्ह्र वर्षको उमेरमा गोर्खा जिल्लामा महिला संघको नेतृत्व गरेको, पछि काठमाडाैं महाबौद्ध क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएको, २०३९ सालमा शंकरदेव क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा हालकी माओवादी नेतृ एवम् उर्जा मन्त्री पम्फा भुसाललाई कोषाध्यक्ष पदमा पराजित गरेको एवम् प्रजातान्त्रिक आन्दोलनमा क्रियाशीलका कारण कयौं पटक प्रहरी हिरासतमा समेत परेको जस्ता उनका ब्यक्तिगत नेतृत्व सीपमा उनी धनी छन् । याे कुरा यहाँ अरू दलले वेवास्ता गरेका छन् । त्यसैगरी काठमाडाैँ जिल्ला महिला संघ र नेपाल विद्यार्थी संघले काठमाडाैंको मेयरको निम्ति उनकै नामको मात्रै सिफारिस गर्नुले पनि सिर्जना सिंहकाे शसक्त दाबेदारी रहेकाे निश्चित हुन्छ ।
ठूलाे सहरकाे नेतृत्वमा रूचि राख्नुले मुलुकभरिका महिलालाई कुनै पनि जिम्मेवारीका निम्ति बहुआयामिक ढंगले प्रेरित गर्ने कुरा यहाँ लुकाइएकाे छ । सिर्जना सिंहको उम्मेदवारी सम्बन्धमा काठमाडाैँ बासीसँग कुराकानी गर्दा सकारात्मक भनाइ पाइएकाे छ ।
उनले भनेकी छन्, "सुरक्षित सहर नै सुदृढ जीवनस्तरको आधार हो । अबको ५ वर्षमा हरेक नागरबासीले समावेशी र सुरक्षित सहरमा बसेको प्रत्याभूति पाउनुहुनेछ । सबैलाई समेट्ने महानगरका लागि वैशाख ३० गते रूख चिन्हमा भोट हालौँ । म यहाँहरूले दिनु भएको मतप्रति यहाँहरूले गर्व गर्ने गरी काम गर्ने छु ।"
उनकाे याे भनाइले उनकाे दृढ संकल्प र देशले गणेशमान सिंह, मंगलादेवी सिंह र प्रकाशमान सिंहजस्तो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता पाउनुको पृष्ठभूमिमा सिर्जना सिंहको योगदान भुल्न नहुने देखिन्छ । यहाँ विराेध कहिलेपनि सकिन्न तर महिला नेतृकाे याे संकल्प र शालीन व्यक्तित्वलाई नगरबासीले न्याय र व्यवहारमा जाेड्छन भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस