राजनीति

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाद्वारा सत्ता गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवार जिताउन आग्रह

काठमाडौँ  । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवार जिताउन आग्रह गरेका छन् ।

काठमाडौँमा शुक्रबार आयोजित सत्ता गठबन्धनको आमसभामा सम्बोधन गर्दै उनले कांग्रेस गठबन्धनको खिलापमा नभएको भन्दै सत्ता गठबन्धनका उम्मेदवार जिताउन आह्वान गरेका हुन् ।

सत्ता गठबनधनको तर्फबाट २ वटा महानगरपालिकाको प्रमुखमा महिला उम्मेदवार उठाउँदैमा चर्चा भएको र उनीहरूले चुनाव जिते भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतले प्रशंसा गर्ने देउवाको भनाइ थियाे ।

गाउँ सहर संवाददाता