पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म
- गाउँ सहर संवाददाता
- २२ बैशाख बिहीबार, २०७९ | १९:५७:०० मा प्रकाशित

मोरङको बेलबारी नगरपालिकामा डिपी सर, अर्थात दिलप्रसाद राई कसैले चिनाइ रहनुपर्ने नाम होईन । लामो समय शिक्षण पेशामा बिताएका राई बामपन्थी आन्दोलनका एक कर्तब्यनिष्ठ ‘ब्राण्ड नेम’ भएका नेता हुन । तिनै राई यतिबेला नेकपा एमालेको तर्फबाट बेलबारी नगरपालिकाको मेयर पदका लागि उमेदवार भएका छन् ।
राईको जन्म २०२१ सालमा सङ्खुवासभा जिल्लाको तत्कालीन मच्छेपोखरी गाविसमा भएको हो । मातापिता दिलमाया राई र नरबहादुर राईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका उनी सङ्खुवासभाबाट २०३३ मा तराई झरेर २०४३ सालदेखि बेलबारीमा स्थायी बासिन्दाका रूपमा बसोबास गर्दै आएका छन् । ।
२०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका राईले बेलबारी गाउँ कमिटी सचिव, इलाका सचिव, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष हुँदै प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन । हालको गोदावरी विद्यालयको स्थापनामा उनको एक प्रमुख भूमिका रहेको थियो ।
नेकपा एमालेको केपी ओली नेतृत्वको सरकारका पालामा गठन भएको सुकुम्वासी समस्या समाधान आयोगका मोरङ अध्यक्ष समेत बनेर काम गरेका उनले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । बेलबारीमा रहेको नेत्रहिन संघको स्थापना, बेलबारी ३ मा रहेको गोदावरी विद्यालयको स्थापना लगायत दर्जनौ संघसंस्थामा उनले कुशलतापुर्बक भुमिका निर्बाह गरेका छन । राजनीतिमा इमान्दारीको कमी रहेको राईको बुझाई छ । जनताका समस्याहरू अझै पनि ज्युँका त्युँ रहेको बताउँदै ती समस्याको सम्बोधन गर्न आफ्नो मेयरमा उम्मेदवारी रहेको उनी बताउँछन् ।
लामो समयदेखि शैक्षिक तथा राजनैतिक चेतना फैलाउने काम गरिरहेका राईले बेलबारीलाई नजिकबाट नियालेको स्थानीयहरु बताउँछन् । राईले बेलबारीका जनता विशेष गरी गरिबीको रेखामुनि रहेकाहरुको स्तरोन्नतीमा जोड दिएका छन् । विपन्न परिवारका छोराछोरीका लागि शैक्षिक प्याकेज ल्याउने उनको योजना छ । राइले जनताको समस्यालाई समाधान गर्न र उनीहरुलाई रचनात्मक र सृजनशील बनाउन बिषेश कार्यक्रम संचालन गरिने योजना सारेका छन् ।
लामो राजनीतिक दौडमा नथाकेका राईले २०७४ सालको स्थानीय निर्बाचनमा पनि मेयरमा उम्मेदवारी दिने आकाँक्षा राखेका थिए तर विविध कारणले गर्दा त्यसबेला उनले टिकट पाउन सकेनन् । त्यसपछि प्रदेश साँसदमा समेत आकाँक्षा देखाएका राईलाई टिकट पाउन मुश्किल पर्यो र पछि हटे । पछिल्लो पटक एमालेको केन्द्रिय सदस्यको दौडमा रहेका राईले त्यहाँ पनि त्याग गर्नुपर्यो । राजनीतिमा निरन्तर त्याग गर्दै आएका राईलाई यसपटक भने पार्टीले पत्यायो र मेयरको टिकट दियो । अब उनले मेयरमा जितेर देखानुपर्नेछ । र जितका लागि उनले अधार तयार भइसकेको बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस