कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप, ६ जना घाइते
- गाउँ सहर संवाददाता
- २१ बैशाख बुधबार, २०७९ | १३:२६:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलबार आक्रमण गरेको आरोप कांग्रेसले लगाएकाे छ । लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन् ।
५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ । झडपमा परेर कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन् । अध्यक्ष उम्मेदवार पाण्डे र उपाध्यक्ष उम्मेदवार रानाको चितवनमा उपचार भइरहेको जनाइएकाे छ ।
यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन् । वडा नम्बर ३ मा चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा एमाले कार्यकर्ताहरूले आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरी लगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले बताएको छ ।
एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ ।
प्रहरीका अनुसार कांग्रेस र एमाले कार्यकर्ता जम्काभेट हुँदा भनाभन भएपछि झडप भएको पाइएको छ । एमालेका तीन जना कार्यकर्ताको मध्यविन्दू अस्पतालमा उपचार गरिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस