काँग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभा, शिर्ष नेताहरूलाई भ्याइनभ्याई
- गाउँ सहर संवाददाता
- २१ बैशाख बुधबार, २०७९ | ०८:३९:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको उसले बताएकाे छ ।
नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनावी सभा तय भएको बताए । वैशाख २१ गते मोरङको विराटनगरमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
चितवनको भरतपुरमा वैशाख २२ गते चुनावी सभा आयोजना हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री महालक्ष्मी उपाध्याय डिनासहितका नेताहरूले सम्बोधन गर्ने बताइएकाे छ । उसका अनुसार वैशाख २३ गते काठमाडौँमा चुनावी सभाको आयोजना गरिनेछ । उक्त सभामा सभापति देउवा, वरिष्ठ नेता पौडेलसहितका वक्ताहरूले सम्बोधन गर्नेछन् ।
मुख्यसचिव पौडेलका अनुसार वैशाख २४ गते बिहान ११ बजे रुपन्देहीको बुटवलमा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापासहितका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेकाे उसले बताएकाे छ । यसैगरी वैशाख २४ गते दिउँसो १२ः३० बजे तनहुँको दमौलीमा हुने चुनावी सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेताहरूले सम्बोधन गर्नेछन् । त्यस्तै, वैशाख २४ गते दिउँसो २ बजे धनुषाको जनकपुरधामको चुनावी सभामा सभापति देउवा, नेता पौडेलसँगै सहमहामन्त्री भीष्मराज आङ्देम्बे, महेन्द्र यादवसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।
वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारलगायतले सम्बोधन गर्नेछन् । वैशाख २५ गते दिउँसो २ बजे दाङको तुलसीपुरमा आयोजना हुने चुनावी सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायतले सम्बोधन गर्ने काँग्रेसले बताएकाे छ ।
यसैगरी वैशाख २६ गते कैलालीको धनगढीमा आयोजना हुने कार्यक्रमलाई सभापति देउवा, नेता पौडेल तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले सम्बोधन गर्नेछन् भने वैशाख २७ गते डडेल्धुरामा चुनावी सभाको आयोजना गरिने छ । सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरूले सम्बोधन गर्ने उसले बतएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस