चुनाव जितेपछि तलब नलिने, सरकारी गाडी प्रयोग नगर्ने घोषणा
- गाउँ सहर संवाददाता
- १८ बैशाख आइतबार, २०७९ | १९:३९:०० मा प्रकाशित

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार मदन चाम्लिङले चुनाव जितेपछि तलब नलिने, सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् ।
‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ राप्रपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार मदन चाम्लिङले चुनावी सभालाई सम्बोधन गर्दै भने ।
‘पदीय जिम्मेवारी पूरा गर्ने क्रममा, गाउँपलिका अध्यक्षको तलब नलिने, सरकारी सवारी साधन प्रयोग नगर्ने मैले निश्चय गरेको छु । मूलतः जिम्मेवार स्थानीय तह स्थापना गर्नेछु,’ उनले भने ।
राप्रपाका तर्फबाट कुम्मायक गाउँपालिका उपाध्यक्षका उम्मेद्वार रोशिना बोहोराले विपन्न र जेहेन्दार एक विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने बताए ।
महिला र युवाद्वारा संचालित साना तथा लघु उद्योगलाई विशेष अनुदान र कर छुट उपलब्ध गराउने बोहोराले कार्यक्रमलाई सम्बोधन गर्दे भने ।
राप्रपाका उम्मेद्वारहरुले १२ कक्षासम्म निशुल्क शिक्षा, सुत्केरीलाई तीन महिनासम्म रू ३,००० मासिक भत्ता, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, सार्वजनिक स्थलमा निशुल्क वाईफाई सुविधा, कृषि तथा बाली बीमाको व्यवस्था, वेरोजगार तथा सीप विहिन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस