विमानको शौचालयमा भेटियाे दुई किलो सुन, तीन कर्मचारीसहित पाँच जना पक्राउ
- गाउँ सहर संवाददाता
- १६ बैशाख शुक्रबार, २०७९ | १४:३७:०० मा प्रकाशित

काठमाडाैं । दुबईबाट बिहीबार अवैधरुपमा काठमाडौं पुगेको दुई किलो ३३२ ग्राम सुनसहित पाँचजना पक्राउ परेका छन् । सुन तस्करी र ओसारपोसारमा सरसफाईमा संलग्न कर्मचारी संलग्न रहेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरुले संगठित रुपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको भेटिएको हो ।
दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिमार्फत सरसफाई गर्न ड्यूटीमा खटिएका २८ वर्षीय भीम कुमार माबोले जहाजको शौचालयभित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थान पुर्याएको खुलेको छ ।
विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल भन्छन्, ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।’
पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् । उदयपुर लिम्चुङबुङ गाउँपालिका– २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिमार्फत विमानभित्र सरसफाई गर्नेे भनी सुपरभाईजरको रुपमा ड्युटीमा खटिएका सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरीसमेतको संलग्नता खुलेको हो ।
सोही पर्स लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्किने क्रममा उनीहरुका सामान मेसिनबाट जाँच गर्ने क्रममा भीम कुमार माबोले बोकी आएको मनी पर्सभित्र टेपले बेरिएको सुनका १० थान बिस्कुट फेला परेको प्रहरीले जनाएको छ ।
यसबाहेक सुमन तामाङले बोकी आएको मनी पर्सभित्र पनि टेपले बेरिएको १० थान सुनको बिस्कुट फेला परेको हो ।
प्रहरीका अनुसार अनुसार उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए । तर चेकजाँचका क्रममा पक्राउ परेका थिए ।
पक्राउ परेका पाँचै जनालाई अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस