शेयर बजारमा दोहोरो अंककाे गिरावट, एक अर्ब ४९ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १५:२५:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजारमा साताको कारोबारको अन्तिम दिन आज बिहीबार दोहोरो अंकले गिरावट आएकाे छ । आज नेप्से १९.९७ अंकले घटेर दुई हजार ३ सय ५६ दशमलब २० विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज कारोबार भएका २५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११४२.६० रुपैयाँ पुगेको छ ।
आज गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स भएको छ । यस कम्पनीको आज ५ करोड २५ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस