अन्तर्राष्ट्रिय प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १५:१६:०० मा प्रकाशित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरुको प्रसंशा गरे । उनले अभिकर्ताहरुको क्षमता अभिबृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय बृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिने बताए ।
सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ८ अर्ब २१ करोड रहेको छ भने लगानी रू. १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । २ लाख ३ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय २ कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
नेशनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरुका लागि व्यापार लक्ष्य सहितको स्कीम ल्याउने जानकारी गराए ।
नेशनल सेल्स म्यानेजर उमापति पोखरेलले धन्यवाद ज्ञापन गर्दै हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार ५ सय ६० व्यक्ति यस कम्पनीमा बीमित भइसकेका र ग्राहकहरूको हितलाई मध्यनजर गरी थप नयाँ बीमा योजना, सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस