गाउँ सहर

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बबरमहलबाट  पक्राउ

काठमाडाैं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर–११ घर भई अहिले सुन्धारा बस्ने सुमन नेपाली रहेकाे प्रहरीले जानकारी दिएकाे छ । नेपालीलाई बबरमहलबाट  पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ ।

वैशाख १४ मा पक्राउ परेका उनलाई उच्च अदालत पाटन ललितपुरको २०७७ फागुन १७ मा ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । प्रतिवादीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता