राजनीति

नेकपा (एस) र एनेकपा बीच एकता हुँदै

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ । 
एकीकृत समाजवादीले कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागेको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा(एस) का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज दुवै पार्टीबीच एकतासभा गरिनेछ ।

 

गाउँ सहर संवाददाता