यस्ताे छ आज माैसमी पूर्वानुमान
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | ०७:५२:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो केही समययता स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । जसका कारण मेघगर्जन र चट्याङ्सहित क्षणिक तथा हल्का वर्षा हुँदै आएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहनेछ । गण्डकी प्रदेश र प्रदेश– १को उच्च पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस