काँग्रेस नेता मल्लिकको घरमा आगलागी, १५ लाखको क्षति
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १३:५५:०० मा प्रकाशित

काठमाडाैं । घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ । सर्लाही लङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको हाे ।
नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
विद्युत् चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । घरमा सुतिरहेको समयमा आगलागी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताए । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।
स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट सरसामान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस