कांग्रेसकाे घोषणापत्र पागलहरूको प्रलाप हो, कांग्रेसलाई सञ्चो छ कि छैन सोध्न मन छ : अध्यक्ष ओली
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १३:३१:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कडा टिप्पणी गरेका छन् ।
मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।
‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’
ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’
क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो । एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, अपराधिक गठबन्धनलाई हराउने हो ।’ अध्यक्ष ओलीले भने ।
उनले एमालेका कार्यकर्तालाई एक सुर एक तालमा पार्टीलाई जिताउन आग्रह पनि गरे । पार्टीप्रति निष्ठावान र बफादार नेता कार्यकर्ता सवैको उपयुक्त समयमा न्याय मिल्ने र सबैका असन्तुष्टिको सम्बोधन गरिने ओलीले पनि बताए ।
ओलीले कांग्रेसले गठबन्धन गर्दा कतै पनि जित्न नसक्ने अवस्था आएपछि प्रचण्ड र माधव नेपालहरु वोकेर हिडेको आरोप पनि लगाए । तर उनले जसको जनमत नै छैन, उसैलाइ बोकेर हिड्ने कांग्रेसको पनि हविगत उस्तै हुने बताए ।
कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको आरोप ओलीले लगाए । ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि कांग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर कांग्रेस हिँडेको छ ।’
‘माओवादी भन्ने पार्टी चुनावमा जाँदै छ,’ उनको भनाइ छ, ‘हुन त त्यो पार्टी होइन केन्द्र हो । त्यस्ता सेन्टरहरु विभिन्नले खोलेका छन् । माओवादी पार्टी होइन, माओवादी सेन्टर हो । त्यसले चुनावी घोषणा पत्र नै निकालेन । माओवादीको चुनावी घोषणा पत्र छैन । कांग्रेसले निकालेकै छ, भइगो नि भन्यो ।’
गठबन्धनकै अर्को दल एकीकृत समाजवादीप्रति पनि कटाक्ष गरे। ‘फाटोवादी, चोइटोवादीले आफ्नो नाम एकीकृत समाजवादी राखेको छ,’ ओलीले भने, ‘प्रतिक्रियावादी, प्रतिगामीको पुच्छरले आफूलाई समाजवादी भनेको छ।’
ओलीले एमालेको डरले पाँचदलीय गठबन्धन गरेको समेत टिप्पणी गरे। ‘गठबन्धन तानाशाहीहरुको गुट हो, ’ उनले भने, ‘उनीहरुको एकताको सूत्र एउटै हो, नेकपा एमाले छ । नेकपा एमालेतिर पुलुक्क हेरेपछि गुर्र कुदेर एकै ठाउँमा आउँछन् ।’
ओलीले थपे, ‘यो पाँच दलीय गठबन्धन भनेको माउका पखेटामुनि चल्ला पसेजस्तै हो । एमालेका डरले कांग्रेसका पखेटामा पसेका छन् । यो एकताको आधार न सैद्दान्तिक, न वैचारिक हो ।’
ओलीले कांग्रेसले घोषणापत्रमार्फत आफु र आफुले नेतृत्व गरेको सरकारमाथी लगाएको आरोप पागलहरुको प्रलापको रुपमा चित्रित गरे । उनले भने, -‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस