दोहोरो अंकले घट्याे शेयर बजार, २ अर्ब ४ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १५:२९:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजार साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.९५ अंकले घटेर दुई हजार ३ सय ८६ दशमलब ०१ विन्दुमा रोकिएको हो । त्यस्तै, आइतबार नेप्से ९५.४६ अंकले बढेर दुई हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको थियो ।
नेप्सेमा आज दुई अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८५८.६० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज सेन्ट्रल फाइनान्स, तारागाँउ रिजेन्सी होटल र मैलुङखोला जलविद्युत्त कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण येभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ८१ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस