राजनीति
आइतबारदेखि सोमवार मध्याह्नसम्म देशभर १६ हजार बढीले दर्ता गराए उम्मेदवारी (जिल्लागत विवरणसहित)
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १३:२६:०० मा प्रकाशित

काठमाडाैं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १६ हजार बढीले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबारदेखि सोमवार मध्याह्न १२ बजेसम्म १६ हजार ५६८ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ताका लागि देशभर साँझ ५ बजेसम्म समय तय गरिएको छ ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा ७६८ जना, अध्यक्ष पदमा ६१४ जना तथा उपप्रमुख पदमा ३८३ र उपाध्यक्ष पदमा ३३४ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ४ हजार ४३९ जना, महिला सदस्यमा २ हजार ५४१ जना, दलित महिला सदस्यमा २ हजार ५९ र सदस्य पदमा ५ हजार ४३० जनाको उम्मेदवारी परेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस