१८ करोड भन्दा बढी राजस्व चुहावट गरेको आरोपमा पाँचजना विरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- ११ बैशाख आइतबार, २०७९ | १४:५२:०० मा प्रकाशित

काठमाडाैं । १८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ५ जना विरुद्ध उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको छ । श्री शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करविजक खरिद गरी, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जानकारी दिएकाे छ ।
विभागका अनुसार इन्टरनेशनलका प्रोप्राइटर मनिष कुमार अग्रवाल, एच बि ट्रेड एण्ड सप्लायर्स का साझेदार हितेश कुमार अग्रवाल, एमके इन्टरनेशनलका प्रोप्राइटर प्रमित महर्जन, एच बि ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र गणपति ट्रेड लिङ्कका प्रोप्राइटर दीपेन्द्र कुमार अग्रवालविरुद्ध अभियोग पत्र दर्ता गरेको जानकारी दिएको छ । उनीहरूसँग सजाय हुने बिगो र जरिवानासहित ३६ करोड ११ लाख ३७ हजार २८६ रकम माग दाबी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(पहिलो सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा २(छ१) हुन आउने मु.अ.कर तर्फ रु. ५,४४,९३,३५३।- र आयकर तर्फ रु. १२,६०,७५,२९०।- समेत जम्मा हुन आउने कुल बिगो रु. १८,०५,६८,६४३।- (अठार अर्ब पाँच करोड अठसट्ठी लाख छ सय त्रिचालीस रुपैयाँ मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ को दफा २३(१) बमोजिम प्रतिवादीहरूबाट बिगो रु. १८,०५,६८,६४३।- असुल गरी सोही ऐनको दफा २३(१) बमोजिम कायम भएको बिगोको शत प्रतिशत रु. १८,०५,६८,६४३।- जरिवाना तथा दफा २३ (१)(ग) बमोजिम कैद सजाय हुन मागदाबी गरी अभियोग पत्र दायर गरिएको विभागको भनाइ छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस