सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १६:०३:०० मा प्रकाशित

काठमाडाैं । सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँड टुंग्गो लगाएपछि विहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको निर्वाचन परिचालन तथा अनुगमन संन्यत्रको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।
कपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङका अनुसार वैशाख १८ गतेदेखि २२ गतेसम्म चुनावी सभा गर्ने तयारी भएको छ। चुनावी सभालाई गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको गुरूङले जानकारी दिएका छन् ।
सभाहरु प्रदेशका राजधानीमा आयोजना हुने बताइएको छ । वैशाख १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेस प्रदेशको जनकपुर र प्रदेश १ को विराटनगरमा तथा २२ गते बागमतीको काठमाडौंमा संयुक्त सभाको आयोजना हुने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस