गोसाइकुण्ड हेली टुर प्रोत्साहन योजनामा पर्न सफल अभिकर्ताहरू सम्मानित
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | ०९:४१:०० मा प्रकाशित

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकको प्रत्यक्ष लगानी रहेको निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौँ शाखाद्वारा ‘‘गोसाइकुण्ड हेली टुर प्रोत्साहन योजना’’ मा पर्न सफल अभिकर्ताहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मानित गरिएको छ । एक विशेष समारोहको बीच नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कम्पनीले फागुन, चेत्र महिनालाई लक्षित गरि ल्याइएको अभिकर्ता प्रोत्साहन कार्यक्रम अन्तर्गत गोसाइकुण्ड हेली टुर जित्न सफल (व्यवसाय प्रबन्धक) अभिकर्ताहरु भगवान पाण्डे, केशव प्रसाद भट्टराइ, बिमला खरेल, पुरुषोत्तम राज पाण्डे प्रतिमा बिडारी तथा केपी अधिकारी संयुक्त रुपमा, छविलाल श्रेष्ठ, भरत प्रसाद दुलाल, मंजुश्री धौभडेल अमिर महर्जन तथा निलु महर्जन संयुक्त रुपमा नैन बहादुर खत्री लगायतलाई रुक्मिणी शर्मा, बन्दना लम्साल, चक्र प्रसाद जोशी लगायत तथा स. क्षेत्रीय प्रबन्धक सुमोद थापाले क्रमशः टिका, फूल, खादा तथा प्रमाण पत्र वितरण गर्दै उत्साह प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सहभागिहरुलाई कम्पनीको काठमाडाैँ शाखा प्रमुख जयराम धितालद्वारा स्वागतमन्तब्य ब्यक्त गर्दै नयां वर्ष अन्तर्गतको बसन्त उत्सव प्रोत्साहन योजना २०७९ का बारेमा विस्तृत जानकारी गराउँदै कम्पनीले अभिकर्ताहरुलाई निरन्तर रुपमा प्रोत्साहित गर्दै अघि बढ्ने जानकारी गराएका छन् । सम्मानित हुने सहभागीहरुको तर्फबाट केपी अधिकारीले अभिकर्ताहरुले आफ्नै सुकर्मको समाजमा छरिएर रहेको पूँजीलाइ एकत्रित गरी देश विकासको मूल प्रवाहमा समाहित गराउन अहम् भूमिका निभाउने अभिकर्ताहरु वास्तविक रुपमा बीमा क्षेत्रका बलिया पिल्लर हुन्, बेला बेलामा आयोजना गरिने यस्ता उत्साहप्रद कार्यक्रमले अभिकर्ता र कम्पनी दुवैको लक्षित योजना पुरा हुने विचार ब्यक्त गरेका छन् । यसै क्रममा अर्का बिजेता सहभागी भरत प्रसाद दुलालले निरन्तर कर्म गरिरहने हो भने हर कोहीले निश्चित लक्ष हासिल गर्न सकिने विचार ब्यक्त गर्दै यो जितको खुशियाली तमाम समादरणीय महानुभावहरुलाइ बाँढ्न पाउदा अत्यन्त खुशी लागेको बताएका छन् ।
जयराम बिडारी द्वारा संचालन गरिएको उक्त कार्यक्रममा कार्यक्रमको बारेमा प्रकाश पार्दै कम्पनीका स. क्षेत्रीय प्रबन्धक सुमोद थापाले यस्ता कार्यक्रमले बीमा क्षेत्रमा कर्म गरिरहेका अभिकर्ताहरुको उत्शाहवृद्धि हुनुका साथै चेतना अभिवृद्धि गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुँच पुर्याउन मद्धत गर्नेछ । ३० जना सहभागी रहेको उक्त कार्यक्रममा सहभागी हरुले उत्साहप्रद यस्ता कार्यक्रमले लाभान्वित भएको बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस