अर्थतन्त्र

सुनकाे मूल्यमा सामान्य गिरावट, ताेलाकाे कति पुग्याे ?

 

काठमाडाैं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।  आजको बजार मूल्य तोक्दै हिजोको तुलनामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य स्थिर रहेकाे छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता