पोखरा कांग्रेसले मेयरमा १८, उपमेयरमा १० आकांक्षीबाट साढे ६ लाख रुपैयाँ संकलन
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १७:०९:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले आवेदन दिएका हुन् ।
त्यस्तै उपमेयरका लागि ११ जनाको आबेदन परेको छ ।
देशका ६ वटा महानगरपालिकामध्ये पोखराको मेयर नेकपा एसले पनि १३ जनाको नाम सिफारिस गरेको छ भने उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
पोखराको मेयरमा कांग्रेसका आकांक्षीमा सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरास्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन्
त्यसैगरि उपमेयरमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन् ।
महानगरले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार शुल्क तोकेको आइतबार अपराह्न ४ बज्दासम्म खोलिएको आवेदन भर्ने आकांक्षीबाट कांग्रेसले सहयोगमा नाममा ६ लाख ५० हजार रुपैयाँ उठाएको छ ।
मेयरका १८ जना आकांक्षीबाट चार लाख ५० हजार रुपैयाँ र १० जना उपमेयरका आकांक्षीबाट दुई लाख रुपैयाँ गरी साढे ६ लाख रुपैयाँ उठाएको हो ।
कांग्रेसको विधानले चुनावका लागि आकांक्षी सिफारिस गर्दा कुनै प्रकारको शुल्क लिन रोक लगाएपनि पाेखर महानगर कांग्रेसले भने ठूलै रकम जम्मा गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस